बिहीबार देशभरका सिनेमा हलमा ‘ज्याकी : आइएम ट्वान्टी वान’ रिलिज

बिहीबार देशभरका सिनेमा हलमा ‘ज्याकी : आइएम ट्वान्टी वान’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रेनेशा राई राणा निर्देशित सिनेमा ‘ज्याकी : आइएम ट्वान्टी वान’ आज बिहीबारबाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । मंगलबार राजधानीमा आयोजित प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको सिनेमा दर्शकबाट पनि राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।

निर्देशक राईले नेपालमा पहिलो पटक डान्स ड्रामा निर्माण गर्ने चुनौती मोलेकी हुन् । उनी आफ्नो र टिमकको मेहनल सफल हुनेमा विश्वस्त छिन् । सिनेमाले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ । दर्शकबाट वर्ड अफ माउथ राम्रो मिलेको खण्डमा सिनेमाले राम्रो व्यापार गर्नेमा निर्माण टिम ढुक्क देखिन्छ ।

धिरजले निर्वाह गरेको ज्याकी पात्र पिताको सपना पूरा गर्न ब्रिटिस आर्मी बन्न खोजिरहेको छ । तर, उसको सपना डान्सर बन्ने छ । उसले आफ्नै सपना पूरा गर्ने अठोट लिएपछि आउने उतार-चढावलाई सिनेमामा चित्रण गरिएको छ । जसिताले निर्वाह गरेको रुबी पात्रलाई भने जसरी भए पनि डान्स कम्पिटिसनको उपाधि जित्न लागि परेको देखिन्छ ।

सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । सिनेमाका लागि धिरज र जसिताले एक वर्षभन्दा लामो समय डान्सको तालिम लिएका थिए । धिरजले त आर्मीको तालिम पनि झन्डै एक वर्ष लिएका थिए ।

आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको सिनेमामा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र गीतमा द वाइर्ल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।