‘बाघचाल’मा सविन भिलेन, दीपक मनाङे हिरो

‘बाघचाल’मा सविन भिलेन, दीपक मनाङे हिरो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन-लभस्टोरी सिनेमा ‘बाघचाल’ निर्माण हुने भएको छ । गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा निर्माण हुने सिनेमा तीन अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहनेछ ।

सिनेमाको शीर्षमध्येको भूमिकामा स्वयंम मनाङे समेत देखिने भएका हुन् । निर्माता मनाङे यही सिनेमाबाट अभिनयमा डेव्यु गर्दैछन् । निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार सिनेमामा मनाङेले एक विशेष भूमिका निर्वाह गर्नेछन्, जसबारे चाँडै हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइनेछ ।

सिनेमाको तीन अभिनेतामध्ये एकमा सविन हुनेछन् भने बाँकी दुई अभिनेता फाइनल हुन बाँकी छन् । दुई अभिनेत्रीमध्ये एकमा अनु शाह हुन सक्ने छिन् भने अर्की मुम्बईमा बस्ने नेपालीभाषी अभिनेत्री हुनेछिन् । उनीसँग सिनेमा साइन गर्न अभिनेता सविन श्रेष्ठ अर्को साता मुम्बई जाने तयारीमा छन् ।

उत्तरगया म्युजिक एण्ड फिल्मस् र सविन फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने निर्देशन सम्राट बस्नेतले गर्नेछन् । दशैंअघि छायांकन गर्ने तयारी रहेको सिनेमालाई चैत्र अन्तिम साता रिलिज गर्ने लक्ष्य राखिएको छ ।