मे ११ बाट अष्ट्रेलियाका ४० बढि हलमा ‘प्रसाद २’

मे ११ बाट अष्ट्रेलियाका ४० बढि हलमा ‘प्रसाद २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १५ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद २’ले नेपालमा राम्रो प्रशंसा कमाई रहेको छ । दर्शकको प्रिय बनिरहेको सिनेमाले पहिलो पटक अष्ट्रेलियामा प्रदशर्नको मामिलामा इतिहास लेख्ने भएको छ ।

आगामी मे ११ तारेखदेखी पुरा अष्ट्रेलियामा सिनेमा ‘प्रसाद २’ले बक्स अफिस रिलिजको अवसर पाएको छ । नमस्ते इन्टरनेटमेन्टका देब कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्तले लिएको सिनेमालाई अष्ट्रेलियाको बक्स अफिसमा रिलिज गर्ने चाँजो पाँजो भने नमस्ते इन्टरटेनमेन्टका देब कार्कीले मिलाएका हुन ।

यसअघि पनि नमस्तेले चलचित्र ‘प्रेमगीत ३’को पुरा अष्ट्रेलिया बक्स अफिस रिलिज गरेको थियो । त्यो भन्दा पनि ‘प्रसाद २’ले बढी हल र शोहरू पाएको निर्माण टिमले जानकारी दिएको छ । सिनेमा पुरा अष्ट्रेलिया ४० भन्दा बढी हलहरूमा लाग्ने छ भने यसले पहिलो हप्तामा नै एक सय भन्दा बढी पर्दाहरू पाएको छ ।

प्रसाद २ अष्ट्रेलियाको इभेन्ट सिनेमा, यूनाइटेड सिनेमा, होयट्स सिनेमा र बिबिसी सिनेमा हलहरूमा प्रदर्शन हुनेछ ।