‘टुल्की’को क्यारेक्टर पोस्टर सार्वजनिक

‘टुल्की’को क्यारेक्टर पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘टुल्की’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । देव थापा निर्देशित सिनेमाको सार्वजनिक दुई पोस्टरमध्ये एउटामा डेव्यु अभिनेत्री स्वस्तिमा कार्की गम्भीर र निराश भावमा चित्रित छिन् भने अर्को पोस्टरमा उनीसँगै कलाकार शिशिर वाङ्देल पनि फिचर्ड छन् ।

द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको टुल्की पोस्टरमा स्वस्तिमा र शिशिरको लुक्सले दर्शकमा उत्सुकता जगाउने देखिन्छ । सिनेमामा सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतको पनि अभिनय रहेको छ । शेखर लामा प्रस्तुतकर्ता रहेको सिनेमाको निर्मातामा आरपी कर्माचार्य र उजेली लामा छन् ।

यसै साता सिनेमाको गीत तथा ट्रेलर सार्वजनिक गर्न लागिएको प्रस्तुतकर्ता लामाले जानकारी दिए । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित सिनेमाको छायांकन हिमाली जिल्ला डोल्पामा भएको हो । सुशील अधिकारी र नमराज घिमिरेको छायाङ्कन रहेको सिनेमाको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा शेखर लामाको हो ।

तारा थापाको सम्पादन र लिगेश भट्टराई र रमेश बुढाथोकीको कोरियोग्राफी रहेको सिनेमालाई डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्दैछन् ।