फ्राइडे रिलिजमा ‘डाकिनी’ र ‘ए साथी सुन’

फ्राइडे रिलिजमा ‘डाकिनी’ र ‘ए साथी सुन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार दुईवटा नेपाली सिनेमा रिलिज भएका छन् । ‘डाकिनी’ र ‘ए साथी सुन’ आजबाट रिलिज भएका हुन् ।

‘डाकिनी’मा मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले पनि सिनेमामा अभिनय गरेका छन् । सिनेमा नेपालका सिमित हलमा मात्रै रिलिज भएको छ ।

आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘ए साथी सुन’मा वर्षा सिवाकोटी, रमेश बानियाँ र विमला गिरी मुख्य भूमिकामा छन् । क्राइम थिलर जनराको सिनेमालाई रामराघव आचार्यले निर्देशन गरेका हुन् ।

साढे नौ करोड रुपैयाँ लागतमा बनेको ‘डाकिनी’ चीनमा क्राउड फण्डिङबाट लगानी जुटाएर बनाइएको थियो । ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ बिङले खिचेका हुन् ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको सिनेमालाई खिन्से नोर्बु ९जोङसार खिन्से रिम्पोछे०ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरु हुन् ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । उक्त सपनाको अर्थ ७ दिन मात्रै बाँच्छौं भन्ने रहेको थाहा पाएपछि उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ । त्यसपछि सुरु हुने जुँगा र दाह्रा भएकी डाकिनीको खोजी नै यो सिनेमाको मुख्य कथा हो ।