नेपाली र हिन्दीमा निर्माण हुने सिनेमा ‘देववाणी’को मुहूर्त

नेपाली र हिन्दीमा निर्माण हुने सिनेमा ‘देववाणी’को मुहूर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने सिनेमा ‘देववाणी’को मुहूर्त गरिएको छ । शुक्रबार बिहान काठमाडौंस्थित भद्रकाली मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो ।

सिनेमाका कलाकारहरु रविन्द्र झा, कुन्दन भारद्वाज र अनुजा लेप्चाले मुहूर्त सट दिएका थिए । सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिने सिनेमा आइतबारबाट फ्लोरमा जानेछ । पत्रकार शान्तिप्रियले क्यामराको ‘स्वीच अन’, कलाकार संघका अध्यक्ष मोहन निरौलाले निर्देशन, निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेर सिनेमाको मुहूर्त गरेका थिए ।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा बन्ने जानकारी दिए । सिनेमालाई भारतका हलमा प्रदर्शन गर्ने उनको योजना छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमामा कुन्दन भारद्वाज, सुनिल थापा, ध्रुब कोइराला, अनुजा लेप्चा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ ।

सिनेमाको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् । हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्ता मौसम पौडेल हुन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा महेन्द्र यादव छन् । सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ ।