समलिंगी कथा ‘ओभर द मुन’को पोस्टर सार्वजनिक

समलिंगी कथा ‘ओभर द मुन’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शुभेच्छा थापाको निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘ओभर द मुन’को पोस्टर सार्वजनिक गरिएको छ । युबी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाको पोस्टरमा मुख्य कलाकार समीप निरौला र उमेश खड्का प्रस्तुत छन् ।

सिनेमामा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिश्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । सिनेमामा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय हेर्न सकिनेछ ।

निर्देशक थापाले सिनेमाले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न वा माया गर्न चाहेमा समाज र घर-परिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कथा सिनेमामा समेटिएको छ’, उनले बताइन् ।

सिनेमामा उमेश खड्काको कथा र उत्तमजंग लिम्बु गीत, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी, बिनोद लामा र खुपेन्द्र ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन रहेकको छ ।

उमेश खड्काको लगानी रहेको सिनेमामा सुरेश पुडासैनी सल्लाहकारको रुपमा रहेका छन् । युबी मिडिया इन्टरटेनमेन्टले सिनेमाको डिजिटल राइट्स खरिद गरेको छ ।