‘हल्कारा’ चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा

‘हल्कारा’ चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता महेश त्रिपाठी अभिनित गत बैशाख २९ गते प्रदर्शनमा आएको सिनेमा ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् ।

जसमध्ये कास्कीका विक्रम परियारले प्रथम पुरस्कार, काठमाडौंकी बबिता थापाले द्वितीय पुरस्कार र मकवानपुरका बासुदेव अर्यालले तृतीय पुरस्कार प्राप्त गरेका छन् । प्रथम पुरस्कारको राशी ५० हजार, दोस्रो पुरस्कारको राशी ३० हजार र तेस्रो पुरस्कारको राशी २० हजार रहेको छ ।

चिठ्ठी लेखन प्रतियोगिताको विजेताहरुलाई सम्पर्क गरी रकम प्रदान गर्ने निर्माण टिमले बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भैसकेका, आफूले निकै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो ।

पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने सर्त राखिएको थियो । सोही अनुरुप नेपाल तथा विदेशबाट पत्रहरु प्राप्त भएका थिए । यो प्रतियोगिताको विजेता घोषणा बैशाख २७ गते हुने भनिएता पनि केही प्राविधिक जटिलताका कारण मंगलबार मात्र नतिजा प्रकाशन गरिएको हो । ‘हल्कारा’ले व्यावसायिक सफलता हासिल नगरे पनि समीक्षा उत्कृष्ट पाएको थियो ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको सिनेमामा महेश त्रिपाठी, बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको मुख्य भूमिका छ ।