दयाहाङ र मिरुना अभिनित ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकियो

दयाहाङ र मिरुना अभिनित ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘नाङ्गो गाउँ’को छायांकन ३३ दिनमा सकिएको छ । सिनेमाको सम्पुर्ण छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सिनेमाको ३३ दिनमा दुई गीत बाहेको सम्पूर्ण छायांकन सकिएको छ । अब सिनेमाको पोष्ट प्रोडक्शनको काम लाग्ने निर्देशक लामाले बताए । सिनेमाको छायांकन सकिएसँगै निर्माणपक्षले अभिनेता दयाहाङ राईको लुक्स समेत सार्वजनिक गरिएको छ । जहाँ, दयाहाङको नेता अवतार देख्न सकिन्छ ।

मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ र मिरुनाका अलवा कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

हिमाल शर्माको प्रस्तुतीमा तयार भएको सिनेमामा जय श्रेष्ठ निर्माताको रुपमा छन् । सिनेमालाई भदौको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । सिनेमामा आलोक शुक्लाको छायांकन तथा बनिष शाहको सम्पादन रहनेछ ।

सिनेमालाई लिएर देश तथा विदेशमा रहेका दर्शकमा प्रतिक्षा छ । यहीकारणले गर्दा पनि सिनेमाको छायांकन अगावै विदेश राइट्स विक्री भैरहेको थियो । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ फिल्म गतबर्ष सुपरहिट भएको थियो । सिनेमा ‘नाङ्गो गाउँ’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।