‘हुक्का’ले ल्यायो दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर

‘हुक्का’ले ल्यायो दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । खल्तीको डिजिटल टिकेटिङ्गसँग यो अफरमा सहकार्य गरिएको छ ।

अफर अनुसार दर्शकले सिनेमा ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ ।

त्यस्तै सिनेमा हेर्न आउने दुई जनाले सेल्फीसँग फोटो हालेर ‘#nepalimoviehookah12’ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले सिनेमाको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।

हुक्को यो अफर सुविधा असोज २८ गतेसम्म रहेको छ । शम्भु थापाको निर्देशन रहेको सिनेमामा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय रहेको छ ।

सन्तोषकुमार आत्रेयको कथा रहेको सिनेमामा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको सिनेमामा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । सिनेमाको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन् ।