‘टुल्की’को पत्रकार भेटघाट : कथावस्तुको चर्चा, अग्रीम टिकट बुकिङ खुल्ला

‘टुल्की’को पत्रकार भेटघाट : कथावस्तुको चर्चा, अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुपति प्रथामा आधारित सिनेमा ‘टुल्की’ को टिकट बुकिङ खुल्ला गरिएको छ । जेठ १२ शुक्रबारबाट प्रदर्शन आउन लागेको उक्त सिनेमाको बुधबारदेखि टिकट बुकिङ खुल्ला गरिएको हो ।

सिनेमा निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले काठमाडौंमा पत्रकार सम्मेलन गरी सिनेमा ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको थियो । सिनेमाका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई सिनेमामार्फत देखाइएको जानकारी दिए ।

‘सिनेमा टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ’ उनले भने । सिनेमा डोल्पा जिल्लाको शे-फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए ।

निर्देशक देवजङ्ग थापाले सिनेमामा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले चलिआएको प्रथाका नाममा भोग्नुपरेको पिडा सिनेमाको कथामार्फत उजागर गरिएको बताए ।

सिनेमा निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । सिनेमाको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने सिनेमामा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् ।

सिनेमामा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।