शुक्रबारबाट प्रदर्शनमा आए ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’

शुक्रबारबाट प्रदर्शनमा आए ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘टुल्की’ र ‘हुक्का : एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा आएका छन् । नयाँ कलाकारको बाहुल्यता रहेका दुवै लगभग शुन्य हाइपका साथ प्रदर्शनमा आएका हुन् ।

यी सिनेमाले सिंगल स्क्रिन तर्फ राम्रो पर्दा पाएपनि मल्टिप्लेक्स तर्फ भने न्युन शोज पाएका छन् । शुक्रबार र शनिबार दर्शकबाट राम्रो वर्ड अफ माउथ मिलेको खण्डमा हलमा शोज सङ्ख्या बढ्न सक्छ । पछिल्लो समय जारीपछि कुनैपनि नेपाली सिनेमाले हलमा दर्शक तान्न सकेका छैनन् । जसको असर ‘हुक्का र टुल्की’मा पनि देखिन्छ ।

शम्भु थापाको निर्देशन रहेको सिनेमामा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय रहेको छ । निर्देशक थापा यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् ।

सन्तोषकुमार आत्रेयको कथा रहेको सिनेमामा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको सिनेमामा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

द पाल्म ग्रुपले निर्माण गरेको सिनेमा ‘टुल्की’को निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । सिनेमाको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने सिनेमामा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् ।

सिनेमामा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।