क्लाइमेक्सको दृश्य खिच्दै ‘देववाणी’को छायांकन सिमरामा सुरु

क्लाइमेक्सको दृश्य खिच्दै ‘देववाणी’को छायांकन सिमरामा सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाबु साहेब बलामीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘देववाणी’को क्लाइमेक्सबाट छायांकन सुरु गरिएको छ । गत बुधबारदेखि बाराको सिमराबाट सिनेमाको दृश्य खिच्न सुरु गरिएको हो ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको क्लाइमेक्सको एक्सन दृश्यमा मुख्य कलाकारहरु सुनिल थापा, कुन्दन भारद्वाज, रविन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा प्रस्तुत छन् । सिनेमामा अभिनेता सुनिल थापा भिलेनको भूमिकामा देखिनेछन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भैरहेको ‘देव वाणी’को सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन हुनेछ । नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको सिनेमामा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी पनि मुख्य भूमिकामा छन् ।

हरिबहादुर घलेले छायांकन गरिरहेको सिनेमाको कथा निराजन मेहता मन्जिलले लेखेका हुन् भने बन्देप्रसादको सम्पादनले सम्पादन गर्नेछन् । मौसम पौडेल प्रस्तुतकर्ता रहेको सिनेमामा मिना खड्का र हिराबहादुर लेप्चा निर्माताको रुपमा छन् ।