रमेश अधिकारी जसको पस्मिना यी हलिउड अभिनेत्रीले लगाउँछिन्

रमेश अधिकारी जसको पस्मिना यी हलिउड अभिनेत्रीले लगाउँछिन्

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली पस्मिना उद्योग रिता इन्डस्ट्रिजले उत्पादन गरेको पस्मिना हलिउड नायिकाले लगाउने गरेकी छन् । रिता इन्डस्ट्रिजले उत्पादन गरेको पस्मिना हलिउड नायिका एलिजावेथ हर्लेलेले लगाउने गरेकी हुन् ।

पस्मिना उद्योगी रमेश अधिकारीको रिता इन्डस्ट्रिजले काठमाडौंमा उत्पादन गरेर अमेरिका निर्यात गरेको पस्मिनाको सल एलिजावेथ पहिरिने गरेकी हुन् ।

‘अमेरिकन क्लाइन्टले केही वर्ष अगाडि पनि विभिन्न सेलिब्रिटीले तिम्रोबाट ल्याएको पस्मिना लगाएका छन् भन्थ्यो । अहिले फेरि पनि केही समय पहिला एलिजावेथको इन्स्टाको लिन्क नै पठाइदिएर तिम्रो बाट ल्याएको पस्मिना हो एलिजावेथले लगाएको भनेर भन्यो । उनले मेरो कम्पनीको पस्मिना लगाएको देखिन्छ,’ रमेश भन्छन् ।

एलिजावेथका थुप्रै चलचित्र लोकप्रिय छन् । उनी सन् १९९० देखि २००० सम्मकी चर्चित नायिका हुन् ।

रमेश आफ्नै सामानको ब्रान्डिङ गर्न नसकेको बताउँछन् । सरोकारवाला सरकारी निकायले सहयोग गर्ने हो भने नेपाली पस्मिनाको ब्राण्डिङ विश्वबजारमा गर्न सकिने उनको भनाइ छ ।

“हामीले आफ्नै सामानको ब्रान्डिङ गर्न सकिरहेका छैनौँ । हामीले हाम्रो देशको उत्पादन हो भनेर विश्वभर ब्रान्डिङ गर्न सक्ने हो भने व्यक्तिमात्रै होइन देशलाई नै फाइदा हुने थियो,” उनले भने, “रोजगारी सिर्जना हुनु पनि ठूलो कुरा हो । रोजगार पनि हुने र आफ्नो देशको ब्रान्डिङ पनि हुने भएकाले यसमा सरकारको पनि सहयोग भए सहज हुन्छ । यसमा सम्बन्धित निकायको ध्यान पुगोस् ।”

दशकदेखि रमेश काठमाडौंमा पस्मिना फ्याक्ट्री सञ्चालन गर्दै आएका छन् । उनको उद्योगको पस्मिना अमेरिकासँगै युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ । पस्मिनासँगै रमेशले गलबन्दी, स्वेटर, टोपी, पञ्जा, ओड्ने उत्पादन गर्दै आएका छन् ।

आफ्नै लोगो विश्वभर चलाउन सके राम्रो मूल्य पाउन सकिन्थ्यो । नेपाली ब्रान्ड वर्ल्र्डवाइड ब्रान्डेड नभएकाले मूल्य पाउन नसकेको उनको भनाइ छ । रिता इन्ड्रस्टिजका सञ्चालकसमेत रहेका रमेश आफ्नो फ्याक्ट्रीबाट करिब २० वटा क्लाइन्टले अमेरिका र युरोप पस्मिना लैजाने गरेको बताउँछन् । अमेरिका भन्दा पनि युरोप आफ्नो पस्मिनाको मुख्य बजार रहेको उनी बताउँछन् ।

नेपालमा कम्तीमा आठ हजारदेखि पाइने पस्मिनाको सल अमेरिका तथा युरोपमा पुग्दा कम्पनीको लेवल अनुसार मूल्य निर्धारण हुन्छ । ब्रान्डेड कम्पनीले लेवल लगाए मूल्य उच्च हुन्छ भने सामान्य कम्पनीले लेवल लगाएर मूल्य केही कम हुन्छ । न्यूनतम मूल्य पनि ३० हजार माथि हुने गरेको छ । रिता इन्डस्ट्रिडले वार्षिक १० करोडसम्मको पस्मिना निर्यात गर्दै आइरहेको छ ।