‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ जेठ २५ गतेदेखि २७ गतेसम्म भकुन्डेबेसीमा

‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ जेठ २५ गतेदेखि २७ गतेसम्म भकुन्डेबेसीमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काभ्रेको भकुन्डेबेसीमा ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को दोस्रो संस्करण आयोजना हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो ।

महोत्सवमा २६ वटा सिनेमाहरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका सिनेमाहरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा सिनेमा दर्ता खुल्ला गरिएको थियो ।

महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु सिनेमा, डकुमेन्ट्री तथा भाषाभाषीका सिनेमाहरु स्क्रिनिङ हुनेछन् । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिने सापकोटाले जानकारी दिए । विकास बोर्डले सहकार्य गरेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा रघुनाथले भने, ‘दर्शकलाई नेपाली मौलिक सिनेमाप्रति आकर्षित गराउनु, नियमित नेपाली सिनेमा हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित हुनेछ ।’