जहाँ भावना र संबेदना हुँदैन त्यहाँ एकअर्काको सम्मान हुँदैन : कोशिस क्षेत्री

जहाँ भावना र संबेदना हुँदैन त्यहाँ एकअर्काको सम्मान हुँदैन : कोशिस क्षेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता कोसिस क्षेत्रीले किन श्रीमान-श्रीमती एकअर्काबाट पर भएर परपुरुष र परस्त्रीमा पुग्छन् त्यो नै ‘परस्त्री’ सिनेमाको कथा भएको बताएका छन् । असार १५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाबारे प्रष्ट्याउँदै उनले भने, ‘एउटै घरमा बसिरहेकी श्रीमती-श्रीमानलाई छोडेर परपुरुषसँग किन जान्छन्, त्यही नै यो सिनेमाको कथा हो ।’

सिनेमाले साइकोलोजिकल र इमोस्नल कथा भन्ने उनको भनाइ छ । जब एकले अर्कोलाई बस्तु अर्थात् सामानको जस्तो व्यवहार गर्छन्, त्यसपछि श्रीमान-श्रीमतीको सम्बन्धमा दरार आउने कोसिस बताउँछन् । ‘जहाँ भावना र संबेदना हुँदैन त्यहाँ एकअर्कोको सम्मान हुँदैन । त्यसपछि श्रीमान श्रीमतीसँग र श्रीमती श्रीमानसँग टाढा-टाढा हुँदै जान्छन्,’ उनी भन्छन्, ‘यही भावना र संबेदना हाम्रो सिनेमाको कथा बुनिएको हो ।’

पछिल्लो समय यस्ता घटना समाजमा बढेको र त्यसैलाई टपक्क टिपेर लेखकले सिनेमाको कथा लेखेको उनी बताउँछन् । ‘परस्त्री’को कथा निर्देशकसमेत रहेका दीपेन्द्र कुमार खनालले लेखेका हुन् । निर्देशक सुरज पाण्डेले कसैको जिन्दगीको घटनासँग वा कुनै समाचारका आएको घटनासँग हुबहु नमिले पनि धेरै हलसम्म रियालिष्टक कथामा सिनेमा बनेको बताए ।

त्यसैले उनी रियालिष्टक भन्न नमिल्ने तर रियल कथाको नजिक रहेर तयार भएको फिक्सन सिनेमा भन्न रुचाउँछन् । सिनेमामा कोशिसका अलवा शिल्पा मास्के र गौरव क्षेत्री मुख्य भूमिकामा छन् । सिनेमामा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ ।

सिनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ । सिनेमाकी निर्मात्री शर्मिला पाण्डे हुन् । सिनेमा असार १५ गते नेपालर भारतमा एक साथ रिलिज हुँदैछ । हिन्दी र नेपाली दुवै भाषमा सिनेमा छायांकन गरिएको थियो ।