अयोध्यामा श्रीरामको मूर्ति प्राण प्रतिष्ठामा सहभागी भए बलिउड सेलिब्रेटी (फोटोसहित)

अयोध्यामा श्रीरामको मूर्ति प्राण प्रतिष्ठामा सहभागी भए बलिउड सेलिब्रेटी (फोटोसहित)

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतको अयोध्यामा श्रीरामको मूर्ति स्थापना गरिएको छ । श्रीरामको मूर्ति प्राण प्रतिष्ठा समारोहमा बलिउड र दक्षिण भारतीय सिनेमाका कलाकारहरु रणवीर कपुर, आलिया भट्ट, कट्रिना कैफ, विक्की कौशल, रोहित शेट्टी, माधुरी दीक्षित, आयुष्मान खुराना, रजनीकान्त, चिरञ्जीवी, राम चरण, अनुपम खेर, कंगना रनावत, रिषभ सेट्टी लगायत धेरै सेलिब्रेटी सहभागी छन् ।

रणवीर धोती-कुर्ता र सल बोकेर अयोध्या पुगे भने उनकी पत्नी आलिया नीलो रंगको साडीमा मिल्दो सलमा आकर्षक देखिइन् । कट्रिना र विक्कीको जोडीले एकअर्काको हात समातेर मिडियाको अगाडि पोज दिएका थिए ।

माधुरी दीक्षित पति माधव नेनेसँग अयोध्या पुगिन् । माधुरीले पहेंलो साडी लगाएकी थिइन् भने उनका श्रीमान् अफ ह्वाइट र मरुन पठानी सुटमा सजिएका थिए । अमिताभ बच्चन कुर्ता-पाइजामा लगाएर कार्यक्रममा छोरा अभिषेक बच्चनसँग पुगेका छन् ।

आयुष्मान खुरानाले कुर्ता-पाइजामा सदारी र सल लगाए भने अभिनेता ज्याकी श्राफ हातमा मनी प्लान्ट लिएको देखिएका थिए । समारोहमा सहभागी हुन धेरै कलाकारहरु अयोध्या पुगेका छन् । त्यस क्रममा उनी पारम्परिक लुकमा देखिएका थिए ।

साउथ सुपरस्टार रजनीकान्त तथा चिरञ्जीवी छोरा राम चरणसहित अयोध्या पुगेका छन् । श्रीरामको मूर्ति प्राण प्रतिष्ठामा चार हजार तपस्वी र विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वसहित करिब सात हजार पाहुनालाई निमन्त्रणा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो मन्दिर निर्माणका लागि अहिलेसम्म धेरै आम मानिस र विशेष व्यक्तिले सहयोग गरिसकेका छन् । अक्षय कुमार, अनुपम खेर, पवन कल्याण र गुरमीत चौधरी लगायत धेरै सेलिब्रेटीले पनि मन्दिर निर्माणका लागि सहयोग उपलब्ध गराएका थिए ।

अक्षय कुमारले एक्स अर्थात् ट्वीटरमा टाइगर श्राफसँगको भिडियो सेयर गर्दै रामको मूर्ति स्थापनाको लागि भारतवासीलाई बधाई दिएका छन् । राम मन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठाको चर्चा विश्वभर भैरहेको छ ।