द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ ।
कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ । भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
सौरभ ओली प्रस्तुतकर्ता तथा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन् ।
सिनेमामा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो सिनेमालाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।



प्रतिक्रिया