ओस्कारमा ‘ओपेनहाइमर’ले जित्यो उत्कृष्ट सिनेमासहित निर्देशकसम्मको अवार्ड

ओस्कारमा ‘ओपेनहाइमर’ले जित्यो उत्कृष्ट सिनेमासहित निर्देशकसम्मको अवार्ड

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डको ९६औं संस्करणमा ‘ओपेनहाइमर’ले आफ्नो दवदवा कायम गरेको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक सिनेमाले सात विधामा अवार्ड जितेको हो ।

सोमबार बिहान लस एन्जिलिसको डल्बी थिएटरमा भएको अवार्ड समारोहमा सिनेमाले उत्कृष्ट सिनेमासहित उत्कृष्ट निर्देशकसम्मको अवार्ड आफ्नो पोल्टामा पारेको छ । ओस्कारमा १३ विधामा मनोनयन भएको ‘ओपेनहाइमर’ले सर्वोत्कृष्ट अभिनेता, सहायक अभिनेता, सम्पादन ओपेनहाइमर, छायांकन र बेस्ट ओरिजिनल स्कोरको अवार्ड जितेको हो ।

त्यस्तै, दोस्रो सर्वाधिक विधामा सिनेमा ‘पुअर थिंग्स’ले अवार्ड जित्न सफल भयो । सन् २०२३ मा सर्वाधिक चर्चामा रहेको अर्को सिनेमा ‘बार्बी’ले भने जम्मा एउटा अवार्डमा चित्त बुझाउनु पर्यो ।

क-कसले जिते अवार्ड ?

बेस्ट सिनेमा : ओपेनहाइमर
बेस्ट डिरेक्टर : क्रिस्टोफर नोलन (ओपेनहाइमर)
बेस्ट एक्ट्रेस : एम्मा स्टोन (पुअर थिंग्स)
बेस्ट एक्टर : किलियन मर्फी (ओपेनहाइमर)
बेस्ट ओरिजिनल सङ : व्हाट वाज आई मेड फोर – बिली एलिस (बार्बी)
बेस्ट सपोर्टिङ्ग एक्टर : रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)
बेस्ट सपोर्टिङ्ग एक्ट्रेस : डाभाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
बेस्ट ओरिजनल स्कोर : लुडविग गोरानसन (ओपेनहाइमर)


बेस्ट साउन्ड : द जोन अफ इन्ट्रेस्ट
बेस्ट सिनेमेटोग्राफी : ओपेनहाइमर
बेस्ट डक्यूमेन्ट्री फिचर सिनेमा : ट्वान्टि डेज इन मारियुपोल
बेस्ट इडिटिङ : ओपेनहाइमर
बेस्ट भिजुअल इफेक्ट : गोडजिला माइनस वन
बेस्ट इन्टरनेशनल फिचर सिनेमा : द जोन अफ इन्टरेस्ट
बेस्ट कस्ट्यूम डिजाइन : पुअर थिंग्स

बेस्ट प्रोडक्शन डिजाइन : पुअर थिंग्स
बेस्ट मेकअप एण्ड हेयरस्टाइलिङ : पुअर थिंग्स
बेस्ट एडप्टेड स्क्रिनप्ले : अमेरिकन फिक्सन
बेस्ट ओरिजनल स्क्रिनप्ले : एनाटोमी अफ ए फल
बेस्ट एनिमेटेड फिचर सिनेमा : द ब्वाय एन्ड द हेरन