मंसिर १४ मा रिलिज हुने ‘ईश्वर’को पोस्टर सार्वजनिक

मंसिर १४ मा रिलिज हुने ‘ईश्वर’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
1.9k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘ईश्वर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक पोस्टरमा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ ।

अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । सिनेमाले अपराधको कथा बोल्ने पोस्टरले संकेत गर्छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् । यो सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो सिनेमाबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी छन् । पछिल्लो पटक उनी ‘पसिना’मा देखिएकी थिइन् ।

अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।