‘बोक्सीको घर’ले ४ दिनमा कमायो ३ करोड २४ लाख ग्रस

‘बोक्सीको घर’ले ४ दिनमा कमायो ३ करोड २४ लाख ग्रस

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा बोक्सीको घरले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । पहिलो दुई दिनमा २ करोड ३० लाख ग्रस व्यापार गरेको सिनेमाले पछिल्लो दुई दिन आइतबार र सोमबार ९४ लाख ग्रस व्यापार थप गर्दै चार दिनमा ३ करोड २४ लाख ग्रस व्यापार गरेको हो ।

वितरक प्रचण्डमान श्रेष्ठले दर्शकबाट मिलेको राम्रो वर्डअफ माउथको प्रभाव वीक डेजको बक्सअफिस कलेक्सनमा देखिएको बताए । ट्रेलर  टिजर रिलिज हुँदा सकारात्मक प्रतिक्रिया बटुलेको यो सिनेमाले प्रकाश सपुतको संगीतमा तयार भएको ‘बुझिन मैंले’ बोलको प्रचार गीतले ह्वातै बढाउने काम गरेको थियो ।

यस हिसाबले केकीको यो सिनेमाले रिलिजको पहिलो दुई दिनमा नै  नाफामा जाने निश्चित भइसकेको छ । शुक्रबारदेखि नै वक्सअफिसमा आक्रमक हुन सुरु गरेपछि केही मल्टिप्लेक्सले शनिबार सिनेमाको शोहरु समेत भारी मात्रामा थपेका थिए ।

सुलक्षण भारतीको डेब्यू निर्देशनको साथमा लेखन समेत रहेको यो सिनेमा सोही नामको नाटकमा आधारित छ । नाटकका रुपमा समेत यसले प्रशंसा बटुलेको थियो ।

सिनेमामा केकीका साथमा सुलक्षण भारतीस्वेच्छा राउतसुपला सापकोटा  रमा थपलिया मुख्य भूमिका छ । दर्शकले अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटाको अभिनय निकै रुचाएका छन् ।