रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन

रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । साथै “द स्पिकिङ्ग टाइटन” को आधिकारिक फेसबुक पेज र आधिकारिक Whatsapp 9843950382 मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् ।

प्रतियोगिताको लागी बिश्वभरबाट नेपाली भासीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् ।

दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ्ग टाइटन’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ । कार्यक्रमलाई डन डिरेक्टरको छवि बनाई सकेका प्रसिद्ध निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।

‘द स्पिकिङ्ग टाइटन’को ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रमको विजेताले ५ लाख नगद पुरस्कार, विश्व भ्रमण र विभिन्न ब्रान्डको एम्ब्यास्डर बन्ने मौका पाउनेछन् ।