कान्समा स्ट्रिपलाई पाम-दे ओर सम्मान, रेडकार्पेटमा हिंड्ने पहिलो स्टार कुकुर ‘मेसी’

कान्समा स्ट्रिपलाई पाम-दे ओर सम्मान, रेडकार्पेटमा हिंड्ने पहिलो स्टार कुकुर ‘मेसी’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सव नेपाली समय अनुसार मंगलबार रातीबाट सुरु भएको छ । कान्सको रेडकार्पेटमा हिँड्ने पहिलो मान्छे कुनै हलिउड सुपरस्टार तथा सुपरमोडल नभई मेसी नामक कुकुरले हिँडेको छ । यो कुकुरले अभिनय गरेको सिनेमा ‘एनाटोमी अफ अ फल’ले मौलिक पटकथा विधामा ओस्कार जितेको थियो ।

यस्तै, यो वर्षको कान्सको सुरुवात सिनेमा लिजेन्ड मेरिल स्ट्रिपलाई मानार्थ पाम-दे ओर सम्मान प्रदान गर्दै गरिएको थियो । उनको सम्मानमा कान्समा उपस्थित पाहुना र दर्शकले दुई मिनेटसम्म ताली र स्ट्यान्डिङ ओभेसन प्रदान गरियो । सम्मान पाएपछि खुशीले स्ट्रिप स्टेज मै नाचेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कान्स महोत्सवको समापन समारोहमा ‘स्टार वार्स’ फेम्ड हलिउड निर्देशक जर्ज लुकासलाई मानार्थ पाम-दे ओर प्रदान गर्ने तयारी गरिएको जनाइएको छ । लुकास कान्समा लिजेन्ड मेरिल स्ट्रिपसँगै सहभागी भएका हुन् । स्ट्रिप ओस्कारमा २१ पटक मनोनित भएर तीन अवार्ड जितेकी छन् ।

कान्सको ओपनिङ समारोहमा स्ट्रिपसहितका हलिउड सेलिब्रेटी रेडकार्पेटका आकर्षण बनेका थिए । १० दिनसम्म चल्ने महोत्सवमा ओपनिङ सिनेमाको रुपमा लि सिडु स्टारर ‘सेकेन्ड एक्ट’ देखाइएको छ । कान्समा आज बुधबार हुन रेडकार्पेटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सहभागी हुँदैछन् ।