तीन हप्तामै १० करोड क्लबमा ‘बोक्सीको घर’

तीन हप्तामै १० करोड क्लबमा ‘बोक्सीको घर’

द सिनेमा टाइम्स
252
Shares

काठमाडौं । केकी अधिकारीको निर्माणमा बनेको सिनेमा ‘बोक्सीको घर’ले आकर्षक ग्रसकलेक्सन गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको सिनेमा १० करोड क्लबमा प्रवेश गरेको छ ।

सिनेमाले तीन हप्तामा १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको सिनेमाले गत शुक्रबारसम्म तीन हप्तामा १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् ।

यो सिनेमाले दुई दिनमा दुई करोड १५ लाख ग्रस कलेक्सन गरेको थियो । ‘बोक्सीको घर’ मल्टिप्लेक्समा २५० भन्दा धेरै शोमा प्रदर्शन भएको थियो । अहिले पनि यो सिनेमा प्रदर्शनरत छ । वैशाख १४ पछि रिलिज भएका सिनेमाभन्दा पनि अहिले ‘बोक्सीको घर’कै उच्च शो छ । अकुपेन्सी पनि उच्च रहेको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।