द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशमा अध्यक्ष रोयल आचार्य विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनमा आचार्यले २६६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन् । महासचिवमा चलचित्र पत्रकार संघ नेपालका अशेष अधिकारी विजयी भएका छन् । अधिकारीले २५४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी भानु भट्टराईले १६७ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा पुष्पा थपलियाले विजयी हासिल गरिन् । उपाध्यक्षमा ध्रुब तुलाधर,सचिवमा सुरज पौडेल,कोषाध्यक्षमा राजेन्द्र प्रजापती निर्बिरोध भएका छन् । सदस्यमा सबै निर्बिरोध भएका छन् । सदस्यमा चलचित्र पत्रकार संघ नेपालबाट सरिता भारती र निरज पन्थी कार्यसमिति सदस्य बनेका छन् ।
एसोसियट तर्फबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् । मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक ध्रुव लम्सालले जानकारी दिए ।


प्रतिक्रिया