कस्तो छ हलमा चलिरहेको रहेको ‘उनको स्वीटर’ ?

कस्तो छ हलमा चलिरहेको रहेको ‘उनको स्वीटर’ ?


द सिनेमा टाइम्स काठमाडाैं । नवीन चौहान निर्देशित सिनेमा ‘उनको स्वीटर’ यतिबेला उत्साहजनक रूपमा चलिरहेको छ । पहिलो दिनबाटै उत्साहजनक व्यापार गरिरहेको सिनेमाले सप्ताहन्तमा पनि उस्तै व्यापार गरिरहेको छ ।

आर्टमाण्डूले बनाएको सिनेमा सोसल लभस्टोरीमा केन्द्रित छ । पूर्वी नेपालको जनजाती समुदायको कल्चर छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँमा एकघर काफ्ले वर्षौंदेखि मिलेर बसेको छ । मर्दापर्दा एकअर्कालाई सहयोग गर्छन् । खरखाँचो चलाउँछन् । विपीन कार्कीको चरित्र डकर्मी र सिकर्मीको काम गर्छ । गाउँका घरगोठ सबै यसैले बनाउँछ ।

जब उसको भाइले लिम्बूकी छोरी भगाउँछ । त्यसपछि काफ्ले परिवारको ओरालो दिन सुरु हुन्छ । भाइले लिम्बूकी छोरी भगाइरहेका बेला विपीनले पनि गुरुङकै छोरी मन पराउँछ । बच्चैदेखि मन पराएकी मितबाउको गाउँकी मिरुनालाई मन पराउँछ । तर, भन्न सकिरहेको हुँदैन।

प्रेममा हुँदा यदि हाम्रो बिहे भएन भने तिमी के गर्छौं भनेर मिरुनाले प्रश्न गर्दा विपिनले म तिमीले भनेजस्तै एउटा सानो चिटिक्कको घर बनाएर त्यसको वरिपरि फूलैफूल रोपेर तिमी कहिल्यै आउँछौ भनेर कुरेर बस्छु भनेको हुन्छ । नभन्दै त्यस्तै हुन्छ । यही नै ‘उनको स्वीटर’को कथा हो ।

सिनेमा लिम्बू समुदायको कल्चर छ । प्रेम छ । पारिवारिक सम्बन्धका कथाहरू छन् । सबैभन्दा राम्रो र सुन्दर पक्ष विपिन र मिरुनाको प्रेम छ । यी दुईको यो सुन्दर र चोखो प्रेमले दर्शकलाई बाँधेर राखिरहन्छ । यही नै सिनेमाको सबैभन्दा सशक्त र बलियो पक्ष हो । जसले जबरजस्त व्यापार गरिरहेको छ ।

कलाकारको अभिनयले दर्शकको मन जित्छ । विपिन सधैँभरीका अभिनयको हिरो हुन् ।मिरुनाले आफूलाई यो पटक पनी अव्वल साबित गरेकी छन। परीक्षा लिम्बू र एलेक्स, विल्सन विक्रम राई, माओत्से गुरुङ सबैले अभिनयमा आफूलाई खरो उतारेका छन् ।

सांगीतक पक्ष सिनेमा रिलिज नहुँदै राम्रो प्रमाणित भइसकेको थियो । काफ्ले गीतले सिनेमालाई सशक्त बनाएको छ । अन्य गीतले पनि सिनेमाको कथालाई अगाडि बढाएका छन् । रिरेकर्ड गरिएको गीत पनि त्यतिकै रमाइलो प्रदान गरेको छ ।

लोकेसन हेर्दा प्रोडक्सनमा मजाले खर्च गरेको देखिन्छ । उच्च पहाडका सुन्दर दृश्य छन् । पहाडी जनजीवन र सांस्कृति पक्ष छ । सिनेमाटोग्राफी र कलर औषत छ । ब्याकग्राउन्ड स्कोर लोकल छ । स्थानीय समुदायको पहिचान र कल्चर झल्किने बिजिएमले सिनेमामा मेहनत गरेको देखिन्छ ।

नवीन चौहानको यो डेब्यु सिनेमा हो ।केही कमजोरी बावजूद उनको यो पहिलो प्रयासलाई सफल मान्नुपर्छ ।नवीनले नेपाली सिनेमा उद्योगलाई नवीनतम सिनेमा दिनसक्ने प्रष्ट संकेत गरेका छन् ।