‘मिरमिरे’ प्यासनले हेर्ने सिनेमा हो : दयाहाङ राई

‘मिरमिरे’ प्यासनले हेर्ने सिनेमा हो : दयाहाङ राई

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले सिनेमा ‘मिरमिरे’ बुवाले सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथामा आधारित सिनेमा भएको बताए । छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले देखाएको खुसी सिनेमाको पर्दामा पस्किएको छ । यो इमोसनलाई पात्रको मनोभावनाबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू केन्द्रित रहेको सुनाउँछन् ।

झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै कुरा रहेको उनको भनाई छ । ‘झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो सिनेमा छानेको हुँ,’ दयाहाङ अगाडि थप्छन्, ‘कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौं । तर, यो प्यासनले हेर्ने सिनेमा हो ।’

‘मिरमिरे’ हेरेर एकपछि सोच्ने कथा हो । यम शेर्पाको लेखन तथा निर्देशन रहेको सिनेमा आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । यार्सा फिल्मस्को प्रस्तुति रहेको सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर तथा कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल अनि लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । आलोक शुक्लाको डिओपी रहेको सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।