रणवीर सिंहको ‘धुरन्धर २’को कीर्तिमानी ओपनिङ, पहिलो दिन नै एक सय करोडभन्दा बढी

रणवीर सिंहको ‘धुरन्धर २’को कीर्तिमानी ओपनिङ, पहिलो दिन नै एक सय करोडभन्दा बढी

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भारतीय बक्सअफिसमा बलिउड अभिनेता रणवीर सिंह अभिनीत सिनेमा ‘धुरन्धर २’ले कीर्तिमानी व्यापार गरेको छ । यो सिनेमाले बलिउडको इतिहासमै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको हो ।

यसअघि यो रेकर्ड सिनेमा ‘जवान’को नाममा थियो । जसले ७५ करोडको ओपनिङ गरेको थियो । ‘धुरन्धर २’ले भने पहिलो दिन नै एक सय करोडभन्दा बढीको कमाइ गरेको छ ।

ट्रेड एनालिस्टका अनुसार सिनेमाले भारतमा मात्रै १२१ करोड ग्रस कमाएको छ । त्यसबाट सिनेमाको नेट कमाइ १०२ करोड हुन आउँछ । यो सिनेमाले हिन्दी भर्सनमा मात्र ९९ करोड भारु कमाएको छ । यो सिनेमाले पेड प्रिभ्यू ठूलो कमाइ गरेको थियो । यो सिनेमा ४३ करोड नेट र ओपनिङको मिलाउँदा सिनेमाको कूल व्यापार १४५ करोड ५५ लाख पुगेको छ ।

शुक्रबार पनि यो सिनेमाको व्यापार एक सय करोड हाराहारी हुने अनुमान गरिएको छ । व्यापारिक रफ्तार यही हिसाबको रह्यो भने सिनेमाले पहिलो सातामै भारतमा ५ सय करोडभन्दा बढीको कमाइ गर्ने देखिन्छ । यो सिनेमाको अघिल्लो भागले भारतमा ८३६ करोड र विश्वव्यापी १३ सय करोड कमाएको थियो ।

‘धुरन्धरः द रिभेन्ज’को रनटाइम ३ घण्टा ४९ मिनेट रहेको छ । जसले यसलाई २१औँ शताब्दीको दोस्रो सबैभन्दा लामो बलिउड सिनेमा बनाएको छ । ‘धुरन्धर २’को अन्तर्राष्ट्रिय संस्करण ३ घण्टा ५५ मिनेट लामो छ ।

बदला र ग्याङवारको कथामा आधारित सिनेमामा रणवीरसहित अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन, सारा अर्जुन लगायतको अभिनय रहेको छ । सिनेमालाई आदित्य धरले लेखन, निर्देशन र निर्माण गरेका हुन् । देशभक्ति र एक्सन-थ्रिलर सिनेमाका लागि चिनिएका उनले यसअघि ‘उरी’ निर्देशन गरेका थिए ।