‘काजी’ले दर्शकलाई सरप्राइज बनाउँछ : विपिन कार्की

‘काजी’ले दर्शकलाई सरप्राइज बनाउँछ : विपिन कार्की

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपीन कार्की ‘काजी’ बनेर पर्दामा आउँदैछन् । उनी सिनेमा ‘काजी’मा काजी कै पात्र बनेर सिनेमामा देखिन लागेका हुन् । सिनेमामा काजीको नामले अर्का अभिनेता दयाहाङ राई चर्चित छन् । दयाहाङले सिनेमा ‘कबड्डी’ शृंखलामार्फत काजीको नामले चर्चित बनेका थिए । त्यसपछि उनलाई काजीकै नामले पनि चिन्ने गर्छन् । अब भने काजी बनेर विपीन कार्की पर्दामा आउँदैछन् ।

यो सिनेमा ‘काजी’ आगामी जेठ ८ गते देशभर प्रदर्शन हुँदैछ । फिल्ममा उनले काजीको भूमिकामा काम गरेका छन् । खानदानी नै काजीको कथामा निर्माण भएको टिमले जनाएको छ । यसैबीच विपीनले पनि दयाहाङको काजी र आफ्नो काजी फरक फरक पात्र रहेको र काजी प्रमाणित गर्न कुनै च्यालेन्ज नरहेको उनले बताएका छन् ।

हालै काठमाडौँमा भएको सिनेमाको गीत रिलिज कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘दयाहाङ दाईले नाम काजीको पात्रमा काम गर्नुभयो मैले परिवार खानदानी काजीवाला गरेको हो । दयाहाङ दाईको काजी पात्रसँग मैले रिलेट नै गरेको छैन् । त्यो एक पात्रको नाम हो । यसमा मैले आफू काजी हुँ,’ भनेर प्रमाणित गर्नुपर्ने चूनौती नै छैन्‌’ उनले भने ।

सिनेमा अराजक वाला र गाउँमा रवाफ देखाउने काजीको कथा नभएर काजीको प्रेमकथामा बनेको पनि खुलाए । ‘मेरो पात्र काजी परिवारबाट भएकोलेमात्र काजी भएको हो तर सिनेमामा समाजका छाप बसेको अराजकवाला काजी नभएर प्रेमीवाला काजी हो । यो काजी र कजिनीको प्रेम कथा हो । मुनामदन, रोमियो जुलियट भनेजस्तै’ कथाबारे उनले भने । विपीनकी कजिनी बनेकी छिन् केकी अधिकारी । उनीहरूकै प्रेम कथा सिनेमामा प्रस्तुत गरिएको छ ।

सिनेमामा काजी र कजिनीको गहिरो प्रेम रहेको पनि विपीनले खुलाए । सिनेमामा कजिनीलाई हरेक कुरामा साथ दिने पे्रमिल पात्रको भूमिकामा आफूले काम गरेको उनको भनाई छ । यो सिनेमाले उनको स्वीटर जस्तै दर्शकलाई सरप्राइज बनाउनेमा विश्वस्त देखिन्छन् ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको सिनेमालाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् ।

विपीन र केकीसहित सिनेमामा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर र सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।