द सिनेमा टाइम्स, काठमाडौं । असार २६ गते शुक्रबारबाट ‘भागदौड’ प्रदर्शनमा आएको छ । यो सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शो पाएको हो । अझ विशेषगरी ठुला मल्टीप्लेक्स हलले त सिनेमालाई शो नै उपलब्ध गराएका छैनन् । जसले गर्दा सिनेमा रिलिज भएको नै धेरै दर्शकले थाहा नपाउने अवस्था बनेको छ ।
यो सिनेमा हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो । सिनेमामा विशाल पोखरेल, अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा यही असार २६ गते शुक्रबारबमट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण बिष्ट ‘भागदौड’ नपत्याउने खोलाले बगाउँछ भनेको जस्तै उत्कृष्ट बनेको दाबी गर्छन् । सेन्सर समेत पास भैसकेको सिनेमाले सेन्स्मा पाएको तारिफले उत्साहित देखिन्छन् ।
अंगिरा थापा कार्यकारी निर्माता रहेको सिनेमाका सह-निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।


प्रतिक्रिया