मल्टीस्टारर सिनेमा ‘चंङ्गा चेट’को ट्रेलर रिलिज

द सिनमा टाइम्स काठमाडौं - कात्तिक १६ गते रिलिज हुने सिनेमा 'चंङ्गा चेट'को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । डार्क कमेडी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्राय कलाकारलाई स्थान दिइएको छ । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।…