नेपाल संसारकै सुन्दर स्टुडियो: प्रदिप भारद्धाज

नेपाल संसारकै सुन्दर स्टुडियो: प्रदिप भारद्धाज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ ।  स्क्रिप्ट राइटर प्रदिप भारद्धाज नेपाली फिल्मको लागि एउटा  स्थापित नाम हो । विराटनगरमा जन्मेका भारद्धाजले सानै देखि फिल्म बनाउने सोच राख्थे । त्यसैले आफ्नो सपना पुरा गर्न १९-२० बर्षको उमेरमा काठमाडौँ भित्रिए । भारद्धाजले ‘देवरबाबु’, ‘छोडीगए पाप लाग्ला’, ‘साहारा’, ‘सम्झना’, ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’, ‘मेरो एउटा साथि छ’, ‘ब्याच नम्बर १६’, ‘आई एम सरि’, ‘कुसुमे रुमाल २’  लगायत अन्य फिल्ममा स्क्रिप्ट लेखिसकेका छन् । उनले लेखेको ‘झ्यानाकुटी’को छायांकन सकीएको छ । भने, ‘कृ’ छायांकनरत छ ।

त्यतिबेलाको समयमा चलिरहेको नेपाली फिल्मको बाटो भन्दा भिन्न ट्रयाकमा हिड्न रुचाउने भारद्धाजले फिल्म मेकरहरुलाई च्यालेन्ज दिन्थ्ये । संघर्षका दिनहरुमा भारद्धाजले दुख नभोगेको कथा सुनाउछन् । ‘सबैको संघर्ष एकै किसिमको हुन्छ । कतिले संघर्षलाई दुखले लिनुहुन्छ होला । तर, मैले संघर्षलाई रमाईलो रुपमा लिन्छु ।’

सुरुवाती दिनहरुमा भारद्धाजले आफ्नो फिल्म प्रतिको सोच र स्थापित निर्देशकहरुको सोच नमिल्ने गरेको बताउछन । त्यसैले चलिरहेका निर्देशकका कति फिल्ममा काम गरेनन । स्क्रिप्ट भ्यालु नबुझेका केहि निर्माताहरु र  भारद्धाजको चर्काचर्की पर्ने गर्थ्यो । त्यो समयमा भारद्धाजले आफ्नो नाम नराखेर पनि केहि फिल्मको  स्क्रिप्ट लेख्ने गर्थ्ये । जुन फिल्मका स्क्रिप्टमा आयातित फिल्महरुको गन्ध आउथ्यो । ति फिल्महरु बाहिरबाट कपि गरिएका थिए । भारद्धाज भन्छन: ‘जीवन चलाउनलाई त्यस्ता फिल्महरुमा आफ्नो नाम लुकाएर पनि काम गर्नु पर्यो ।

तर, पनि म त्यस्ता फिल्मको विपक्षमै थिए । त्यतिबेला पनि आफ्नोपन बोकेका फिल्म बनाउनु पर्छ भनेर मतभेद हुन्थ्यो । मतभेदका बावजुद यहाँसम्म आइपुग्नु नै ठुलो कुरा हो ।

टेलीफिल्मबाट करियर सुरुवात:-  भारद्धाजले पहिलो पटक काम गरेको टेलीसिरियल ‘नेपालकी छोरी’ थियो । जुन आर्मी सम्बन्धि टेलीसिरियल १ भागमात्र थियो । ‘बुद्धको पाईला’, ‘सिन्दुर’, ‘अपराजिता’, ‘भाग्य आफ्नो आफ्नो’, ‘हाउसफुल’, ‘फिरन्ते’; ‘जीवनचक्र’ र ‘ढाकाराम टिकाराम’ लगायतका थुप्रै टेलीसिरियलहरुमा पटकथा सुम्पीसकेका भारद्धाजले पहिलो पटक फिल्म ‘जंगली मान्छे’मा काम गरेका थिए । जुन ५ लाखको लगानीमा बनेर पनि करोडको व्यापार गर्न सफल भएको कथ्य भारद्धाजले सुनाए । मैले बनाएको ‘जीवन सार्थक’ टेलीसिरियलमा पहिलो पटक सौगात मल्लले क्यामेरा फेस गर्नुभएको थियो ।

 आयातित फिल्म दर्शकको रोजाई:-

म कपि फिल्मको विपक्षमै थिए । तर, पब्लिकले नै त्यस्तै खाले फिल्म मन पराइदिनु हुन्थ्यो । ‘पर्दामा घोडा कुद्दा पनिु तालि बज्थ्यो, कुकुर आउँदा पनि तालि बज्थ्यो, हिरोइन रेप सिनमा हिरो आएर बचाउँदा पनि तालि बज्थ्यो ।’ पब्लिकहरु यहि कुरामा ‘इन्जोय’ गरिराख्नु भएको थियो । अनि निर्माताहरु पनि ‘हामि प्रोडक्ट बेच्न तर्फ लाग्नु पर्छ’ भन्नुहुन्थ्यो । दर्शक माझ जे बिक्छ त्यहि बिकाउनु पर्छ भन्नु हुन्थ्यो । त्यसैले पनि हामीले नचाहेरै पनि निर्माताको कुरामा कन्भेन्स हुनु पर्दथ्यो ।

तर, पछिल्लो समय ‘कागबेनी’ फिल्म बन्यो । त्यसपछि नेपालमा मल्टीप्लेक्सको जन्म भयो । मल्टीप्लेक्समा दर्शक बढ्न थाले । दर्शकले नयाँ स्वादका फिल्म मन पराउँन थाले । दर्शकहरुले पनि सिनेम्याटिक भ्यालु बुझ्न थालेपछी आयातित फिल्मलाई ‘अबोईट’ गर्न थाल्नुभयो । दर्शकहरुको रुचीमा बिकास भएसंगै अहिले आएर स्क्रिप्टको भ्यालु बढ्न गएको हो ।

अहिले यो क्षेत्रमा म मात्र छैन, नयाँ सोच र उत्साहका साथ धेरै नयाँ साथीहरु आउनु भएको छ । जस्ले गर्दा अहिले नेपाली फिल्मले आफ्नो पन खोजिरहेको जस्तो लाग्छ । अहिलेको सन्दर्भमा नेपाली सिनेमाको बाटो उन्नति तर्फ लम्कीरहेको छ । अब हामीले धेरै कुर्न पर्दैन ४-५ बर्ष भित्रमा नेपाली सिनेमाले पनि ५० करोड ग्रस पार गर्न सक्यो भने हामीले आपत्ति मान्नु पर्छ जस्तो मलाई लाग्दैन ।

आफुले लेखेको कुरा आफै काट्नसक्नु नै पटकथा लेखकको राम्रो पक्ष:-

कोहि निर्माताहरु ‘मेरो काम छिट्टै सकिदिनु पर्यो’ भन्दै आउनु हुन्छ । त्यस्तो बेलामा मैले मेरो लागि होइन अरु कसैको लागि नै काम गरिरहेको महसुस गर्छु । त्यहाँ त मेरो कुनै पनि हात छैन जस्तो लाग्छ । छोटो समयमै स्क्रिप्ट लेख्ने प्रेसर आउँदा त्यहाँ मेरो रिजल्ट पनि राम्रो आउदैन । त्यहाँ निर हामीले काममा आफ्नोपन भन्ने कुरा गुमाउछौ । यसरी  निर्माताहरुले प्रेसर दिदा दुख लाग्छ ।

एउटा सिनेमाको स्क्रिप्ट लेख्न ६ महिना जति लाग्छ । तर, एउटा स्क्रिप्टको लागि ६ महिनासम्म घोटिने होइन । जस्तो कि मैले आजबाट स्क्रिप्ट सुरु गरे, १५ दिनसम्म लेखेपछी त्यसलाई त्यतिकै छोडदिनु पर्छ । केहि दिन पछी त्यो स्क्रिप्ट हेर्दा धेरै कमि कमजोरी फेला पर्छन । अनि त्यसलाई काँटछाँट गर्न मिल्छ । स्क्रिप्ट लेख्ने बेलामा समय ग्याप राख्दा त्यो खालि समयमा दिमागमा नयाँ कुरा सिर्जना हुन्छ । जुन कुरा स्क्रिप्टमा सुहाउन सक्छ । हामीले जबसम्म आफ्नो स्क्रिप्ट आफै काँटछाँट गर्न सक्दैनौ, तवसम्म हामि राम्रो राइटर पनि बन्न सक्दैनौ । स्क्रिप्टलाई लामो जति लामो समय लगाएर काँटछाँट गरियो त्यतिनै स्क्रिप्टले पूर्णता पाउन सक्छ । र, आउटपुट राम्रो निक्लन्छ ।

 कास्टिङ बुझेका थिएनौ:-

पहिले सिनेमामा जुन हिसाबको कास्टिङ गरिन्थ्यो नि त्यो बेलामा हामीले कास्टिङनै बुझेका थिएनौ । त्यतिबेला हामि कहाँ स्क्रिप्ट तयार हुन्थ्यो । अनि  चलेको कलाकार खोजेर फिल्ममा लिने गरेका थियौ । या त चलेका कलाकारलाई हेरेर स्क्रिप्ट लेख्ने गरिन्थ्यो । त्यो नै गलत थियो । कास्टिङको ट्रेड सुरु गरेको ‘लुट’ले  हो । त्यहाँ ‘हाकु काले’ कास्टिङ स्थापित भयो । ‘हाकु काले’ले कास्टिङको भ्यालु छ है भन्ने कुरा प्रमाणित  गरिदियो । हुनत यसको श्रेय भने ‘कागबेनी’लाई जान्छ ।

संसारकै सुन्दर स्टुडियो नेपाल:-

नेपाली परिवेशमा रहेर प्रताप सुब्बा दाईहरुले ‘परालको आगो’ बनाउनु भएको थियो । महजोडीले बनाएको ‘१५ गते’, ‘भकुन्डे’ यी नेपाली परिवेशमा बनेका थिए । यी नेपाली परिवेशमा बनेका जति टेलीफिल्ममा समेटीन्थ्ये । यस्ता टेलीफिल्मलाई धेरै दर्शकहरुले हेर्नु पनि हुन्थ्यो । कुनै बेला ‘तितो सत्य’को टिआरपी ७५ % सम्म पुगेको थियो । जसको प्रभाव ‘छक्का पन्जा’मा पर्यो ।

मान्छे भोकाईरहेको छ र, ढिडो खान खोजिरहेको छ । तर, हामीले नबुझेर पिज्जा खुवाइरहेका छौ । भन्न खोजेको के हो भने दर्शकले फिल्ममा नेपाली पन खोजिरहेका छन् । तर, हाम्रो उत्पादन विदेशीको छ । हामीहरु धर्म संस्कृतिमा धनि छौ । हाम्रै देशमा विभिन्न कथाहरु लुकेर बसेका छन् । हाम्रो यहाँ तराई पनि छ, पहाड छ, हिमाल छ र २७ किलोमिटर केहि पर पुग्यौ भने समुन्द्र पनि छ । हामि सबै कुराबाट धनि छौ । लाग्छ संसारकै सबैभन्दा सुन्दर स्टुडियो पनि यही हो । पहिले पहिले हामि किन नेपालमा जन्मेको हो जस्तो लाग्थ्यो । तर, अहिले फिल्मको उर्वर भुमिनै नेपाल हो जस्तो लाग्छ मलाई ।

अहिलेको सन्दर्भमा हामीले दर्शकलाई ध्यानमा लिनु पर्छ । दर्शकहरुले स्क्रिप्ट बुझ्न थालि सक्नु भएको छ । त्यैसले हामीले टिकट काटेर हलसम्म आउने दर्शकका लागि हाम्रै विषयबस्तु खेताल्नु पर्छ । आफ्नो पन झल्काउनु पर्छ ।

‘कृ’ र ‘झ्यानाकुटी’बाट आशावादी:-

प्रदिप पछिल्लो समय आफुले लेखेका दुई फिल्म ‘कृ’ र ‘झ्यानाकुटी’बाट धेरै आशावादी रहेका छन् । प्रदिप भन्छन: ‘कृ’ सुपरहिट हुन्छ । ‘झ्यानाकुटी’ ‘आउट अफ बक्स’ छ । रमाईलो पक्ष त के छ भने प्रदिपले लेखेका यी दुवै फिल्म भदौ ८ मा सार्वजनिक हुदैछन ।