आर्यनले साइन गरे नयाँ सिनेमा

आर्यनले साइन गरे नयाँ सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –अभिनेता आर्यन सिग्देल नयाँ सिनेमामा  अनुबन्धित भएका छन् । नेपाली सिनेमामा  अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो ,’सायरा’ । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग सिनेमा गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सिनेमा सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन सिनेमाको विषयवस्तुले आकर्षित भएका हुन् ।

उनले सुहाउँदो क्यारेक्टर पाएपछि सिनेमा गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको सिनेमा ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।सिनेमाका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । ‘सिनेमामा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।