द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल लामो समयको अन्तरालपछि सिनेमामा अभिनय गर्ने भएका छन् । करिब आठ वर्षपछि उनी सिनेमा नगरीमा फर्किन लागेका हुन् । दिवाकर भट्टराइले निर्देशन गर्ने सिनेमामा राजेशले काम गर्ने भएका हुन् । सिनेमाको नाम भने सार्वजनिक गरिएको छैन । आज राजेश र निर्माणपक्षबीच कागजी सम्झौता भएको छ । राजेशले आठ…