द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय अभिनेत्री श्रीदेवीको शवलाई राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । बुधबार मुम्बईको विले पार्ले सेवा समाज आर्यघाटमा उनको अन्तिम संस्कार गरियो । पन्चतत्वमा विलिन हुनु भन्दा पहिले पति बोनी कपूरले श्रीदेवीको शवमा दागबत्ती दिए । यो भन्दा अगाडी श्रीदेवीको पार्थिव शरीरलाई लोखंडवालास्थित सेलेब्रेसन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो…