२१ स्टेसनमा रिलिज स्थगन गरिएको ‘संरक्षण’को व्यापारिक रिपोर्ट कस्तो ?

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा 'संरक्षण'ले घरेलु बक्सअफिसमा सुखद सुरुवात गरेको छ । वर्षाका कारण सिनेमाको तराई बक्सअफिसमा अवरोध पुगे पनि पहाडी स्टेसनमा रिलिज भएका हलमा शुक्रबार र शनिबार हाउसफुलको व्यापार गरेको निर्माता प्रदीपकुमार उदयले जानकारी दिए । सिनेमा मल्टीप्लेक्स र सिंगल थ्रियटरमा राम्रो अकुपेन्सीका साथ प्रदर्शन भैरहेको छ ।…