दयाहाङले सुरु गरे ‘कार्साङ’को छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘कार्साङ’को छायांकन सुरु भएको छ । साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सामा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । सिनेमाका मुख्य अभिनेता राईले सिनेमाको मुहूर्त सर्ट दिएको निर्माता तथा छायांकार प्रधानले बताए । आजबाट लगातार १ महिनाको छायांकन सेड्युल राखिएको…