द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गतेबाट रिलिज हुने सिनेमा गोपी निर्माण युनिटले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । गोपीको पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा लगायतको उपस्थीती रहेको…