दया र सौगातको ‘लप्पन छप्पन’ हेर्न सिनेमा घरमा दर्शकको भिड

द सिनेमा टाइम्स, काठमाडौँ | शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन'ले उत्साहजनक व्यापार गर्न सफल भएको छ । शुक्रबार ५० प्रतिशत अकुपेन्सी महसुस गरेको फिल्मले शनिबार उत्कृष्ट व्यापार गर्न सक्यो । फिल्मले शनिबार देशभर ८५ प्रतिशतको अकुपेन्सी महसुस गरेको वितरक गोविन्द शाहीले बताए । 'लप्पन छप्पन'ले शनिबार राजधानीका सबै जसो हलमा हाउसफुलको व्यापार गर्न सफल…