गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण

द सिनेमा टाइम्स, काठमाडौं - रक गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक तथा कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।…