नेपाल-अफ्रिका सिनेमा महोत्सवमा ‘प्रकाश’ सर्वोत्कृष्ट सिनेमा, नीता सर्वोत्कृष्ट अभिनेत्री

द सिनेमा टाइम्स, काठमाडौं - नेपाल-अफ्रिका सिनेमा महोत्सव-२०२३ सम्पन्न भएको छ । नेपाली सिनेमातर्फको प्रतिस्पर्धामा दिनेश राउत निर्देशित ‘प्रकाश’ सर्वोत्कृष्ट बन्दा अफ्रिकी सिनेमातर्फको प्रतिस्पर्धामा लिसिनियो एजेभेदो निर्देशित मोजाम्बिकको ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ले सर्वोत्कृष्ट सिनेमा घोषणा गरियो । विजयी सिनेमालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटासहितले अवार्ड प्रदान गरेका थिए ।…