द सिनेमा टाइम्स, काठमाडौं - तमिल सुपरस्टार धनुष पछिल्लो समय बलिउड सिनेमामा पनि आफ्नो छाप छाड्दै गईरहेका छन् । आनन्द एल रायको 'रांझणा'बाट बलिउडमा डेव्यु गरेका उनले अभिनय गरेको दोस्रो बलिउड सिनेमा 'अतरंगी रे' हालै रिलिज भएको थियो । आनन्द एल रायकै निर्देशनमा निर्माण भएको यो सिनेमा हलमा नभई सिधै ओटिटीमा रिलिज भएको थियो ।…