द सिनेमा टाइम्स, काठमाडौं । नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा सडक पुग्दाको खुसी समेटिएको छ । टिजरले सिनेमाको सारांश बुझाउने प्रयास गर्दै परम्परागत जीवनशैली…