हराएको छोरा खोज्न हिँडेका दम्पतिको कथा ‘पानीफोटो’ टिजर

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता खगेन्द्र लामिछाने निर्देशित पहिलो सिनेमा ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक भएको १ मिनेट ३२ सेकेन्ड लामो टिजरमा माओवादी जनयुद्धकालमा हराएको छोरा खोज्न हिँडेका एक दम्पतिको निराशा, पीडा, तनाव, दुःख र थकानलाई देखाइएको छ । टिजरमा अनुप बराल र मेनुका प्रधानको अभिनय र भिन्न गेटअपले मन छुन्छ…