दीया र मनिषको प्रेम दर्शाउने ‘दोख’ दोस्रो टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनुप बराल निर्देशित सिनेमा ‘दोख’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २४ सेकेन्डको टिजरमा दीया मास्के र मनिष निरौलाको प्रेमलाई चित्रण गरिएको छ । गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन टिजरमा दुवै जनालाई दुश्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई पनि देखाइएको छ ।…