द सिनेमा टाइम्स, काठमाडौं - असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको लभस्टोरी सिनेमा ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ । गत हप्ता छायांकन भएको ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत शनिवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन्…