द सिनेमा टाइम्स, काठमाडौं - दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'चिसो मान्छे'को टिजर सार्वजनिक गरिएको छ । असार ३ मा प्रदर्शन हुने सिनेमा 'चिसो मान्छे'को १ मिनेट लामो टिजरले सिनेमाको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गराउने प्रयास गरेको छ । टिजरमा अभिनेता अर्पण थापा दाह्री काटिरहेको देखिन्छन् भने स्वस्तिमा चिया खाँदै उनलाई हेरिरहेकी छिन् ।…