५० लाख ठगी आरोपमा निर्मात्री तथा कलाकार प्रज्ञा जोशी पक्राउ !

द सिनेमा टाइम्स काठमाडौं - सिनेमा निर्मात्री प्रज्ञा जोशीलाई ५० लाख ठगी गरेको आरोपमा प्रहरीले फक्राउ गरेको छ । उनलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको हो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा ठगी गरेको आरोपमा मुद्धा परेको थियो । सोमवार उनलाई इटहरीबाट काठमाडौं ल्याइँदैछ ।…