ह्याप्पी डेज: प्रियंका र संजयको रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता स्टारर सिनेमा ‘ह्याप्पी डेज’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमि बिना...’ बोलको गीतमा प्रियंका कार्की र संजय गुप्ता फिचरिङ छन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा दिनेश राउतको शब्द छ । युकेका विभिन्न स्थानमा छायाँकन गरिएको गीतको निर्देशन मिलन चाम्सले गरेका हुन् ।…