द सिनेमा टाइम्स, काठमाडौँ - कमेडी जानरामा निर्मित सिनेमा 'चङ्गा'को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । प्रदर्शनको केहि दिन अगाडी रिलिज गीतमा एक कोठामा थुनिएका बालकको पिडालाई प्रस्तुत गरिएको छ । 'मेरी आमा...' बोलको गीतमा कमल खत्रीको शब्द/संगीत र स्वर छ । किशोर भण्डारी (डिठ्ठा साब)को लेखन/निर्देशन रहेको सिनेमालाई हाँस्यकलाकार रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।…